Logo

माओवादी केन्द्रमा साढे ७ लाख कार्यकर्ता रहेको प्रचण्डको दाबी



काठमाडौं,१७ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा साढे सात लाख भन्दा धेरै कार्यकर्ता रहेको प्रतिवेद्धन पेस गरेका छन् ।

आजबाट सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले देशैभर गरेर ७ लाख ५२ हजार ९५६ जना कार्यकर्ता रहेको विवरण सार्वजनिक गरेका छन् ।

प्रचण्डका अनुसार माओवादीमा सबैभन्दा धेरै पार्टी सदस्य बागमती प्रदेशका रहेका छन् । बागमतीमा १ लाख ४७ हजार ३५३, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, गण्डकीमा ६६ हजार ६८७, कर्णालीमा ८५ हजार ७७४ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेको माओवादी केन्द्रको दाबी छ ।

त्यस्तै सम्पर्क कमिटीहरुमा १९ हजार ३१२, काठमाडौं उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना रहेको सांगठनिक प्रतिवेदनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot