Logo

जसपाले सरकार छोड्दैन्, गौर हत्याकाण्डबारे पाँच बुँदे सहमति आपत्तिजनक छ : प्रदीप यादव



काठमाडौं, २५ साउन । सत्तारूढ जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री प्रदीप यादवले आफ्नो दलले सरकार नछाड्ने स्पष्ट पारेका छन् । सरकारले गौर हत्याकाण्डका पीडितसँग पाँच बुँदे सहमति गरेलगत्तै जसपाले सरकार छाड्ने तयारी गरेको भनेर हल्ला चलेपछि नेता यादवले पार्टीले सरकार नछाड्ने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा यादवले भने–‘जसपाले सरकार छाड्दैन, हामी सरकारमै बसेर संघर्ष गर्छौं ।’ यद्धपी उनले सरकारले गौर हत्याकाण्डका पीडितसँग गरेको पाँच बुँदे सहमतिप्रति आपत्ति जनाए । उनले उक्त सहमति आफ्नो दललाई सुनियोजित तवरले घेराबन्दी गर्न षड्यन्त्रको रुपमा गरिएको आरोप लगाए ।

उनले भने,‘यो सहमति जसपालाई सिध्याउनको लागि गरिएको हो । हाम्रो यसमा आपत्ति छ ।’ यादवले नेपालमा भएका सबैखाले राजनीतिक आन्दोलनका क्रममा भएका घट्नाको छानबिन गर्नको लागि शक्तिशाली उच्चस्तरीय आयोग गठन गर्न माग गरे । उनले एमाले, कांग्रेस, माओवादीले गरेका आन्दोलनका बारेमा पनि छानबिन गरिनुपर्ने बताए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्