Logo

प्रचण्डलाई लक्षित गर्दै नेम्वाङ् भन्छन् : एमालेलाई बहुमत दिँदा कोशीको नाम फेर्ने शर्तबन्दी गर्दैनौँ



काठमाडौं, २५ श्रावण । नेकपा (एमाले)का नेता सुवास नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै एमालेलाई बहुमत दिँदा एमालेले कोशी प्रदेशको नाम फेर्ने शर्तबन्दी गर्न तयार नरहेको बताएका छन्।

विश्व आदिवासी दिवसको अवसरमा एमालेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै एमालेलाई बहुमत दिँदा एमालेले कोशी प्रदेशको नाम फेर्ने शर्तबन्दी गर्न तयार नरहेको बताएका हुन्।

उनले भने, ‘म नाम अलि बिर्सन्छु। हिजोअस्ति भर्खरै कोशी प्रदेशको सन्दर्भलाई लिएर एक जना मित्रले भन्नुभयो। ०८४ मा भोट हालेर हामीलाई जिताउनुभयो भने म कोशी प्रदेशको नाम नै फेर्दिन्छु। हामी त्यसरी शर्तबन्दी गर्दैनौँ। यो देशको विविध जाति, भाषा र धर्मको हितमा नेकपा एमाले जैलेसुकै दृढतापूर्वक उभिन्छ। हामीले हाम्रो व्यवहारबाट पूरा गरेका छौँ।’



प्रतिक्रिया दिनुहोस्