Logo

संसद्मा आजपनि सत्तापक्ष र प्रतिपक्षीको भाँडभैलो,कार्यसूचीमा प्रवेश नै नगरि बैठक स्थगित 



काठमाडौं,२६ साउन । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगै सत्तापक्षले समेत अवरोध गरेपछि बैठक साउन २९ गतेसम्म स्थगित भएको हो ।

आजको बैठकको सुरुवातमै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए । एमाले सांसदलाई बोल्न समय दिनासाथ सत्तापक्ष र अन्य प्रतिपक्षका सांसदहरुले उठेर विरोध जनाएपछि एमालेले वेल घेराउमा उत्रिँदै नारावाजी गरेको थियो ।

एमालेले निरन्तर नाराबाजी गरेपछि सभामुख घिमिरेले आजको कार्यसूचीमा तय भएको सबै विषयलाई सूचीबाट हटाउँदै बैठक साउन २९ गते दिउँसो १ बजेसम्म स्थगित भएको घोषणा गरे ।

एमालेले गत साउन ३ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै साउन १० गतेबाट सदन अवरुद्ध गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot