Logo

अभिनेत्री गुरुङको कविता सङ्ग्रह ‘मेरो कविताको शीर्षक छ’ सार्वजनिक 



काठमाडौँ, २७ साउन । अभिनेत्री कविता गुरुङले कविता सङ्ग्रह ‘मेरो कविताको शीर्षक छ’ बजारमा ल्याएकी छन् ।

चलचित्र ‘बबी’ मा अभिनय गरेकी गुरुङले जीवनका भोगाइ र अनुभव कवितामार्फत् उतारेको बताईन् । उनले भनिन्, “म कवि, साहित्यकार होइन । आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मन लागेकाले तयार गरेकी हुँ । यसमा यथार्थ छ ।” दस कविता सङ्ग्रहित पहिलो पुस्तक सार्वजनिक गरेको बताउँदै गुरुङले अगामी दिनमा पनि कविता लेखनलाई निरन्तरता दिने जानकारी दिईन् । उनले गत वर्ष ‘म अनि मेरो’ नामक आत्मकथा ल्याएकी थिइन् ।

आत्मकथामा उनले ‘कलेज लाइफ’, प्रेम, अन्तरजातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई चित्रण गरेकी थिईन्। उनले कविता सङ्ग्रहमा पनि जीवनका त्यही कालखण्डका भोगाइ प्रस्तुत गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्