Logo

लेलिन विष्टले दायर गरेको रिटमा प्रधानमन्त्री प्रचण्डले पठाए लिखित जवाफ (पूर्णपाठसहित)



काठमाडौं, ३२ साउन । तत्कालीन माओवादी जनयुद्धमा बालसेना प्रयोग गरेको भन्दै सर्वोच्चमा परेको रिटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिखित जवाफ पठाएका छन् ।

पूर्व बालसेना लेलिन विष्टले प्रधानमन्त्री प्रचण्ड र तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईलाई प्रतिवादी बनाई मुद्दा दायर गरेका थिए । प्रचण्डले जनयुद्धका क्रममा बालसेनाको प्रयोग नभएको जवाफ दिएका छन् । साथै उक्त विषय संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले नै टुंगो लगाइसके दाबी छ ।

उक्त रिटको पेशी आगामी असोज १५ गतेका लागि तोकिएको छ । लिखित जवाफमा माओवादी सेनाका लडाकु २०६३ जेठ ११ अघि सेवामा प्रवेश गरेका, बालिग र नेकपा (माओवादी) को परिचय पत्र लिएकालाईमात्रै मानिएको उल्लेख छ ।

सक्रिय रुपमा खटिएका माओवादी सेनाका सदस्यबाहेक अन्य कुनै पनि व्यक्तिलाई माओवादी सेना मान्न नसकिने जवाफमा उल्लेख छ । जवाफमा उक्त रिट खारेजभागी रहेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot