Logo

क्रिकेट खेलाडीले पुरस्कार नपाएपछि ज्ञानेन्द्रले सुनाए संसद्मा कविता



काठमाडौं,१८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्रले नेपाल सरकारले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई दिने भनेर घोषणा गरेको पुरस्कार रकम नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय माग गर्दै सांसद शाहीले नेपाल नामेविया र स्कटल्याण्ड सम्मिलित खेलमा विजेता बन्दा तीन लाख, नेपाल, यूएई र पपुवान्यूगिनीबीचको खेलमा विजेता बन्दा तीन लाख, प्रधानमन्त्रीले राष्ट्रका तर्फबाट घोाषणा गरेको दुई लाख, एसीसी कप जित्दा जनही ६ लाखलगायतका विभिन्न खेलमा विजेता बन्दा घोषणा गरेको जनही कूल १४ लाख पुरस्कार दिने घोषणा गरेपनि हालसम्म उक्त पुरस्कार रकम खेलाडिले नपाएपछि उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले खेलाडीको पीडा संसद्बाटै कवितामार्फत ध्यानाकर्षण गरेका हुन् ।

यस्तो थियो सदनमा ज्ञानेन्द्रले वाचन गरेको कविता

जब देख्छु, जब सुन्छु सरकारका वाचा मनै हर्षित हुन्छ
जब क्रिकेट मैदानमा छिर्छु, रगत पसिना बगाउँछौ ।
जब भोक लाग्छ,छाम्छौं गोजि रित्तो देख्दा हजारपटक त्रसित हुन्छु।
गरेथ्यौँ वाचा किन जब निर्वाह गर्न सक्दैनौँ भने,
देखायौं किन आशा जब पुरा गर्न सक्दैनौँ भने।
तिम्रा मिठा र चिल्ला बाचामा हामी भुलेका थियौँ,
भोको र नांगो पेटमा हामी क्रिकेट खेलेका थिथौँ।

“क्रिकेट खेलाडीलाई दिने भनिएको पैसा किन रोकेर राखिएको छ ? पैसा छिटो दिऔँ,” उनले भने, “भोको पेटले राष्ट्रवादलाई कति धान्ने ? प्रधानमन्त्रीले, खेलकुदमन्त्री र सचिवलायले छिटो उपलब्ध गराओस् ।”  file photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot