Logo

चीनले भन्यो : नेपालमा एमाले सबैभन्दा व्यवस्थित संगठन भएको पार्टी



काठमाडौं, २२ भदौ । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका दक्षिण एसिया व्युरोका डाइरेक्टर जनरल पिङ सिउपिनले नेकपा (एमाले) सँग चिनियाँ कम्युनिष्ट पार्टीको गहिरो र घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै इमानदारीसाथ गहिरो सम्बन्ध जारी राख्ने बताएका छन् ।

बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय विदेश विभागमा शुक्रबार आयोजित एमाले महासचिव शंकर पोख्रेलसहितका नेताहरुसँगको अन्तर्क्रिया कार्यक्रममा सिउपिनले यस्तो बताएको एमालेले उल्लेख गरेको छ ।

उनले महासचिव पोखरेलको उच्चस्तरीय भ्रमणलाई चिनियाँ कम्युनिष्ट पार्टीले उच्च महत्व दिएको बताएको एमालेले जनाएको छ । उनले भने–महासचिवज्यूको भ्रमणलाई चिनियाँ कम्युनिष्ट पार्टीले उच्च महत्व दिएको छ । त्यसको अनुभूति तपाईहरूले गर्नुभयो भन्ने हाम्रो विश्वास छ ।

नेता पिङले सबैभन्दा व्यवस्थित संगठन भएको पार्टीको रूपमा एमालेलाई पाएको समेत बताए । उनले उहाँले दुई पार्टीबीचको अनुभव र विचार नियमित रूपमा आदानप्रदानमा जोड दिए । महासचिव पोखरेल नेतृत्वको उच्चस्तरी भ्रमण दल विहीबार साँझ छोङछिङबाट बेइजिङ पुगेको हो । छोङछिङमा महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनलगायतका नेताहरूसँग भेट गरेका थिए । बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखलगायतका उच्च नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्