Logo

संविधान सभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने



काठमाडौं, २६ भदौ। हृदयाघातबाट निधन भएका संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिमा सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । साथै उक्त दिन सार्वजनिक विदा दिइने भएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए ।

हृदयाघातपछि कोमा उपचारका लागि सोमबार राती महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा.रमेश महर्जनका अनुसार उनलाई राती १ः२० बजे अस्पताल ल्याएको थियो ।

अस्पताल ल्याउँदा नै उनको शरीर चिसो भइसकेको थियो । नेता नेम्बाङको ४ः२० मिनेटमा औपचारिकरुपमा निधन भएको अस्पतालले घोषणा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot