Logo

सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा (तस्बिरहरु)



काठमाडौं,२६ भदौ । गएराती निधन भएका नेकपा एमालेका उपाध्यक्ष, संसदीय दलका नेता तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय च्यासलमा पुर्याइएको छ ।

महाराजगञ्जस्थित टीचिङ अस्पतालबाट नेम्वाङको पार्थिव शररि च्यासल पर्याइएको हो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न दलका शीर्ष नेता तथा कार्यकर्ताको ठूलो मात्रामा भिड लागेको छ ।

७१ वर्षिय नेम्वाङको आज बिहान २ बजे हृदयघातका कारण निधन भएको थियो ।नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने छ ।

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरिसकेको छ । अन्त्येष्टि गरेका दिन सार्वजनिक बिदा समेत दिने सरकारले जनाएको छ ।

तस्बिरहरु- मुकुन्द कालिकोटे -रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot