Logo

अनिलकुमार रुंगटालाई केन्द्रीय सदस्यमा मनोनित गरिएपछि नेता तथा कार्यकर्तामा खुशियाली



काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । केन्द्रीय सदस्यमा मनोनित हुनेमा डा.चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा रहेका छन् ।

सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम आठ जना नेतालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् । केन्द्रीय सदस्यमा मनोनित पर्साका अनिलकुमार रुंगटा लामो समयदेखि सभापति देउवासँग नजिक छन् ।

उनले पार्टी सभापति देउवालाई हरेक तवरले साथ र सहयोग गर्दै आएका छन् । संविधानसभा सदस्यसमेत रहेका रुंगटा मधेशमा पार्टी संगठन निर्माणमा पनि सक्रिय छन् । रुंगटालाई केन्द्रीय सदस्यमा मनोनित गरिएपछि पार्टीका अधिकांश नेता तथा कार्यकर्ताहरु खुशी भएका छन् । पार्टीमा ठूलो योगदान पुर्याएका रुंगटा पार्टीका सबै शीर्ष नेताहरुको प्रिय मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot