Logo

प्यानल बनाएर आए उम्मेदवारी खारेज गरिदिने ओलीको चेतावनी



काठमाडौं,८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशको नेतृत्व सर्वसम्मत रुपमा टुंग्याउनुपर्नेमा जोड दिएका छ्न ।

आजबाट सुरु भएको एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको उद्धघाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सहमति नभए निर्वाचनमार्फत नेतृत्व चयनको विकल्प खुल्ला रहेको बताए । उनले निर्वाचन हुने अवस्थामा एकलरुपमा प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । कोही कसैले प्यानल बनाएर आए उक्त उम्मेदवारको उम्मेदवारी रद्द गरिदिने चेतावनी दिएका छ्न ।

ओलीले एकताबद्ध एमालेको नीति अनुसार अघि बढ्न सुझाव दिए । उनले मिल्दा लोकतन्त्रको अभ्यास हुँदैन भन्ने नहुने भन्दै भने, ‘मिल्दा लोकतन्त्रको अभ्यास हुँदैन भन्ने हुँदैन । मिल्नु सबैभन्दा ठुलो लोकतन्त्रको अभ्यास हो । नेकपा एमाले लोकतान्त्रिक पार्टी हो । यहाँ कसैले चुनाव लड्छु भन्छ भने पाउँछ । लड्नुुस् । लड्न दिनुस्, स्वस्थ ढंगले लड्न दिनुस्’, ओलीले भने, ‘प्यानल बनाइएको थाहा भयो भने प्यानलको सिँगै उम्मेदवारी पनि खारेज हुनसक्छ ।’

एमालेको प्रदेश अध्यक्ष बन्न ३ केन्द्रीय सदस्यसहित ६ जना दौडेमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot