Logo

प्रमुख प्रतिपक्षी दलका नेता ओलीको अभिव्यक्ति पुनर्विचार गरिनुपर्छः माधव सापकोटा



काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रतिनिधि सभामा दिएको अभिव्यक्ति गम्भीर रहेको बताएका छन् । उनले उक्त अभिव्यक्ति पुनर्विचार गरिनुपर्ने बताए ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैकठकलाई सम्बोधन गर्दै उनले प्रतिपक्षी दलका नेता ओलीको अभिव्यक्ति विस्तृत शान्ति सम्झौताको मर्मविरुद्ध रहेको बताएका हुन् ।

‘द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने नेपालबाट सिकौं भनेर हामी सिंगै संसारलाई हामी गौरबको शिक्षा दिइराखेका छौं । यी सबै मूल्य मान्यतालाई भंग गरेर के शिक्षा दिइँदैछ ? प्रमुख प्रतिपक्षी दलका नेताले दिनुभएको अभिव्यक्ति निकै गम्भीर छन् । यसका बारेमा प्रमुख प्रतिपक्षी दलका नेताले रिथिङ्किङ गरिनु पर्दछ,’– सांसद सापकोटाले भने ।

उनले संसद्लाई राजनीतिको कुण्ठा व्यक्त गर्ने थलो नबनाउन समेत आग्रह गरे । उनले विस्तृत शान्ति सम्झौतामा उल्लेख भएको बुँदा, नेपालको संविधानको प्रस्तावना, माओवादी र एमाले मिलेर नेकपा बनेको बेला निर्वाचन आयोगमा बुझाएको राजनीतिक प्रतिवेदन स्मरण गराउँदै ओलीलाई आफूले दिएको अभिव्यक्ति पुनर्विचार गर्न आग्रह गरे ।

‘प्रमुख प्रतिपक्षी दलका मूल नेताले विस्तृत शान्ति सम्झौताको विपरीत अभिव्यक्ति दिएर हिजो युद्धमा गएका सबै घाईतेहरुले बोली बोकेको शरीर लिएर सडकमा आन्दोलन गर भन्न खोजेको हो ?’– उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot