Logo

इजराइलबाट काठमाडौं फर्किइन् साम्बा



काठमाडौं, असोज २५ । इजरायलमा रहेकी नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ स्वदेश फर्किएकी छन् । फुटबल खेल्न इजरायलमा रहेकी भण्डारी बुधबार राती काठमाडौं आइपुेकी हुन्।

उनलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
भण्डारी यसै सिजन इजरायली क्लब हापोएल रानानामा अनुबन्ध भएका थिएकी थिइन् ।

अहिले हमासको आक्रमणका कारण इजरायलमा घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएपछि सावित्रा घर फर्किएकी हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot