Logo

इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय



काठमाडौं,२५ असोज । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङ्बोलाई आघि सार्ने निर्णय गरेको छ ।

गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन्।

पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले शनिबार राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो । सत्ता गठबन्धनमा आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि नेपाली कांग्रेसभित्र भने विवाद मिलिसकेको छैन । कांग्रेसभित्र शेखर कोइराला पक्षधरले नेता केदार कार्कीलाई मुख्यमन्त्री बनाउनु पर्ने बताउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot