Logo

कार्यसम्पादन समितिमा गएनन् शेखर, बैठक निष्कर्षविहीन



काठमाडौं,२६ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीलाई लिएर पार्टीमा विद्रोह गरेका शेखर कोइराला नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अनुपस्थित भएका छन्।

सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न ३ बजेका लागि धुम्बाराहीमा बैठक राखे पनि ढिलो गरी बैठक सुरू भएको थियो। बैठकमा कार्यसम्पादन समिति सदस्य कोइराला अनुपस्थित रहेका थिए। कोइराला नै अनुपस्थित रहेपछि बैठक निष्कर्षविहीन भएको छ।

आज निष्कर्षवीहिन कार्यसम्पादन समिति बैठक शनिबार पनि बस्ने एक नेताले जानकारी दिए ।

कोशी प्रदेशमा सत्ता गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र नेपाली कांग्रेसका ८ सा‌सदसहित एमालेका सांसदको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्री दाबी गरेका छन्। कांग्रेसका कार्की नेता शेखर कोइरालानिकट हुन्।

कांग्रेसले कोशी घटनाबारे छलफल गर्न आकस्मिक रूपमा कार्यसम्पादन समिति बैठक बोलाएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot