Logo

सरकारको भ्रष्टाचार विरोधी अभियान धेरैलाई पचेको छैनः देव गुरुङ



काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सरकारले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानमा जनताको व्यापक समर्थन रहेको बताएका छन् । भ्रष्टाचारविरोधी अभियानमा जनताको समर्थन भएको कारणलेमात्रै यो सरकार टिकेको उनले बताए ।

जनप्रगतिशील मञ्चद्वारा बेलायतको अल्डरसर्टमा आयोजित भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले केही मान्छेहरुलाई अहिलेपनि भ्रष्टाचारविरोधी अभियान नपचेको टिप्पणी गरे ।

‘धेरैलाई भ्रष्टाचार विरोधी अभियान पचेको छैन । जनताको व्यापक समर्थनबाट मात्रै प्रचण्ड सरकार टिकेको हो । यो सरकार जुनसुकै हालतमा टिकाउन आवश्यक छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot