Logo

बोनम्यारो क्यान्सरबाट पीडित दीपक मगरद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल (भिडिओसहित)



काठमाडौं, २३ वैशाख । तनहुँ जिल्ला देवघाट गाउँपालिका–२ स्थायी ठेगाना भएका दीपक मगरले उपचारको लागि आर्थिक सहयोग गरिदिन सार्वजनिक अपिल गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू विगत १० वर्षदेखि बोनम्यारो क्यान्सरबाट पीडित रहेको बताए । उनले अहिले बोनम्यारो ट्रान्सप्लान्टको तयारी भइरहेको र त्यसका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन् ।

‘मलाई रोग लागेको १० वर्ष भइसक्यो । अहिलेसम्म उपचार गर्न सकेको छैन । मेरो परिवारमा सानो बच्चा छ । त्यो बच्चाको लागि भएपनि म बाच्न चाहन्छु,’– उनले भने ।

साथै, बोनम्यारो ट्रान्सप्लान्टका लागि नेपालमा सम्भव नरहेको र भारतमा गएर उपचार गराउँदा नेपाली रुपैयाँ लगभग ४० लाख खर्च लाग्ने उनको भनाइ छ । उनले आफूलाई सकेको सहयोग गरिदिन आग्रह गरे ।

त्यसैगरी, कार्यक्रमका वक्ता नन्दराज उपाध्यायले दीपकको उपचारका लागि आफूले सहेको सहयोग गरिदिन अपिल गरे ।
त्यसैगरी विनयजंग बस्नेतले नेपालको मुहार फेर्छु भनेर तनहुँबाट चुनाव जितेका सांसदहरु के गर्दै हुनुहुन्छ ? भनेर प्रश्न गरे । दीपकको उपचारका लागि आफूले सकेको सहयोग गरिदिन उनले अपिल गरे ।

त्यस्तै, धर्मगूरु प्रकाश भुजेलले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरे । आफूले दुःख गरेर कमाएको केही रकम मानवीय धर्मका लागि सहयोग गरेको उनले बताए । आगामी दिनमा पनि सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

दीपक मगरको लक्ष्मी सनराइज बैंकको खाता नं. ०१२२४१०९८९६ मा सकेको आर्थिक सहयोग गरिदिन उनले अपिल गरेका छन् । साथै, विरामीसँग अन्य कुराको आवश्यक जानकारी लिन मोवाइल नम्बर ९७०४४१२५६९ मा सम्पर्क गर्न पनि भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot