Logo

दल खोलेर चुनाव लड्न पूर्व राजालाई माधव नेपालले दिए फेरि चुनौती



काठमाडौं,१ कार्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरेका छन् ।

बुधबार भक्तपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले वर्तमान गठबन्धन कसैले चाहँदैमा नभत्किने दाबी गरे ।

अध्यक्ष नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई दल खोलेर चुनाव लड्नसमेत चुनौती दिएका छन् । उनले वंशको शासन नेपालबानट अन्त्य भईसकेको जिकिर गर्दै अझैपनि सत्तामा फर्किने आश भए जनताको माझमा जान आग्रह गरे ।

पूर्वराजा ज्ञानेन्द्रलाई इंकित गर्दै उनले भने,‘अस्ति भएको निर्वाचन आफैंमा जनमत संग्रह हो । जनताले सीधै पार्टीलाई विश्वास गरेका छौं भन्ने देखाए । अरुलाई पनि लाग्छ भने पार्टी बनाउन् आउन्, चुनावमा सामेल होउन् ।’

अध्यक्ष नेपालले यसअघि पनि पटक पटक पूर्व राजालाई चुनौती दिँदै दल खोल्न आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot