Logo

नेपाली जनतालाई ठूलो दुःख र पीडा भैरहेको छ : जबरा



काठमाडौं, ४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता तथा सांसद पशुपति शमशेर जबराले नेपाली जनता यतिवेला ठूलो दुःख र पीडामा रहेको बताएका छन् । उनले महँगी आकाशिएको पनि टिप्पणी गरे ।

दशैँ, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । विजया दशमी, शुभ दीपावली एवं छठ पर्वको शुभकामना व्यक्त गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले अहिले बजार भाउले नागरिकलाई उठ्नै नसक्ने गरी थला पारिसकेपनि सरकारलाई कुनै प्रवाह नरहेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्