Logo

संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा गुटेरेसको नेपाल भ्रमण आश्चर्यजनक : कमल थापा



काठमाडौं, कार्तिक १२ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणप्रति आश्चर्य व्यक्त गरेका छन् ।

नेता थापाले इजरायल–हमास युद्धका कारण धेरै मानिसको मृत्यु र जीवन कष्टकर भएका बेला गुटेरेसको ‘प्रयोजनविहीन’ भ्रमणप्रति समाजिक सञ्जाल फेसबुकमार्फत आश्चर्य व्यक्त गरेका हुन् ।

गुटेरेसको भ्रमणप्रति असन्तुष्टि जनाएउँदै उनले संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा गुटेरेस नेपाल आएको समाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– “अतिथिलाई स्वागत छ । तर, इजरायल–गाजा युद्धमा प्रत्येक दिन सयौँ व्यक्तिहरूले ज्यान गुमाइरहेका छन्, नाकाबन्दीले लाखौँको जीवन कष्टकर भइरहेको छ । यस्तो बेला संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको ‘प्रयोजनविहीन’ नेपाल भ्रमण आश्चर्यजनक छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot