Logo

टी-२० विश्वकप छनोटः ओमानले मलेसियालाई १५४ रनको लक्ष्य दिँदा हङकङले दियो कुवेतलाई १६७ रनको चुनौतीपूर्ण लक्ष्य



काठमाडौं,१३ कार्तिक । सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजले संयुक्तरुपमा आयोजना गर्ने आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोट खेल अन्तर्गत सोमबार समूह चरणको दोस्रो खेलहरु भइरहेका छन् ।

त्रिवि क्रिकेट मैदानमा ओमान र मेलिसिया भिडिरहँदा माथिल्लो मूलपानी क्रिकेट मैदानमा हङकङ र कुवेतले खेलिरहेका छन् । त्रिवि मैदानमा भएको खेलमा ओमानले मलेसियालाई १५४ रनको सम्मानजनक विजयी लक्ष्य दिएको छ । भने कुवेतलाई हङकङले १६७ रनको चूनौतीपूर्ण लक्ष्य दिएको छ ।

त्रिवि मैदानमा पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन जोडेको छ । उसका लागि कप्तान जिसन मोस्कयूटले सर्वाधिक ५६ रन जोडे । ५६ रनको अर्धशतकीय पारी खेलेका उनले ४६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । भने कश्यप प्रजापतीले २५ रन थप्दा म्होमद नादिनले नटआउट रहँदै २१ रन जोड । बलिङतर्फ मलेसियाका भिरन्दीप सिंह एक्लैले तीन विकेट लिए । पूरा ४ ओभर बलिङ गरेका उनले २४ रन दिएर ३ विकेट हात पारेका हुन् ।

त्यस्तै माथिल्लो मूलपानी मैदानमा भएको खेलमा हङकङले कुवेतलाई १६७ रनको चूनौतीपूर्ण लक्ष्य पेश गरेको छ । पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६६ रन जोडेको हो । उसका लागि मार्टिन सियोटीजले सर्वाधिक ८१ रनको पारी खेले । ४८ बलको सामना गरेका उनले ८१ रन जोड्नेक्रममा १४ चौका र १ छक्का हिर्काए । भने बाबर हायतले ३१ र कप्तान निजाक्तान खानले २५ रन थपे । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ कुवेतका सैयद मनीवले २ तथा सिराज खान मह्मद स्लामले समान १ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot