Logo

टी-२० विश्वकप छनोटः बहराइनद्धारा हङकङ २० रनले पराजित



काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा बहराइनले पहिलो जित हात पारेको छ । मंगलबार हङकङलाई २० रनले हराउँदै बहराइनले विजयी सुरुवात गरेको हो ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा बहरानले दिएको १४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ दशमलव १ ओभरमा १२६ रन बनाउँदै अलआउट भएपछि बहराइनले सजत जित हात पारेको हो ।

हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।हङकङले सुरुवात निकै खराब रहेको थियो ।

बहराइनका रिजवान बटले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । अब्दुल मजिदले ३.१ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । अली दाउदले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रनको सम्मानजनक स्कोर तयार गरेको थियो ।

बहराइनको लागी मरान अली बटले ४३ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिएका थिए । उनी बाहेक अन्य कुनैपनि बहराइनका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

इमरान जावेद १५, हैदर अली १४ र मोहम्मद रिजवान १३ रनमा आउट भए । अन्य दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङले २० वाइड र एक लेग वाई गरि २१ रन अतिरिक्त दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot