Logo

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट : आज अस्ट्रेलिया र अफगानिस्तान भिड्दै



काठमाडौं, कार्तिक २१ । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र अफगानिस्तान भिड्दै छन् । यी दुई टिमबीचको खेल दिउँसो सवा २ दुई बजे मुम्बईस्थित वानखडे स्टेडिममा सुरु हुनेछ ।

दुवै टोलीको लागि यो खेल महत्वपूर्ण छ । पहिलो दुई खेल हारेको अस्ट्रेलियाले त्यसपछिका पाँच खेल भने लगातार जित्यो । ऊ ७ खेलमा १० अंकसहित तेस्रो स्थानमा छ ।

अफगानिस्तानले साबिक विजेता इंङ्ल्याण्ड, पाकिस्तान र श्रीलंकालाई हराइसकेको छ । ऊ सात खेलमा चार जितसहित आठ अंक जोडेर छैटौँ स्थानमा छ । पाँच पटकको च्याम्पियन अस्ट्रेलिया आजको खेल जित्दै सेमिफाइनल पुग्ने सोचमा छ । अफगानिस्तान सेमिफाइनल दौड जीवितै राख्न अस्ट्रेलियाविरुद्ध जित्नैपर्ने दबाबमा छ ।



प्रतिक्रिया दिनुहोस्