Logo

श्रीलंकाविरुद्ध न्युजिल्याण्डको शनदार जित, सेमिफाइनलमा पुग्ने सम्भावना बढ्यो



काठमाडौं,२३ कार्तिक । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्ध न्युजिल्याण्डले शानदार जित हात पारेको छ ।

बेंगलरुमा भएको खेलमा न्युजिल्याण्डले श्रीलंकालाई ५ विकेटले हराएको छ । श्रीलंकाले दिएको १७२ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले मात्र २३ दशमलव २ ओभरमा ५ विकेटेका क्षतिमा पूरा गर्यो । उसका लागि डिभोव कन्भेले ४५ तथा डार्लि मिथ्वेलले ४३ रन बनाए । भने रचिन रवीन्द्रले ४२ रन थपे । बलिङतर्फ श्रीलंकाका एण्जेलो माथ्वेजले २ विकेट लिए ।

यसअघि टस हारेर सुरुमा ब्याटिङ गरेको श्रीलंकाले खराब प्रदर्शन गर्दै ४६ ओभरमा १७१ रन बनाउँदै अलआउट भयो । उसका लागि कुशल पिरेराले सर्वाधिक ५१ रनको अर्धशतकिय पारी खेपनि अन्य ब्याटरले सम्झनालायक प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोउल्टले तीन तथा रोचिन रवीन्द्रले २ विकेट लिए ।

श्रीलंकालाई हराएसँगै न्युजिल्याण्डको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । भने श्रीलंका यसअघि नै उपाधि होडबाट बाहिरिसकेको छ । जारी प्रतियोगीतामा भारत, दक्षिण अफ्रिाक र अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन् । भने अब न्युजिल्याण्ड, पाकिस्तान र अफगानस्तानमध्ये एक टिम सेमिफाइनलमा पुग्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot