Logo

क्रिकेटर गुल्सन झा गृह जिल्लामा अभिनन्दित



काठमाडौं, २७ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुल्सन झालाई गृह जिल्ला सर्लाहीमा अभिनन्दन गरिएको छ ।

आज (सोमबार) नेपाल पत्रकार महासंघ सर्लाही शाखाले मलङ्गवामा उनलाई अभिनन्दन गरेको हो । नेपालले एक दशकपछि टी–२० विश्वकपमा स्थान बनाउँदा अलराउण्ड प्रदर्शन गरेका झालाई प्रोत्साहनूूस्वरुप अभिनन्दन गरिएको हो ।

पछिल्ला प्रतियोगितमा झाले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । चक्रघट्टा गाउँपालिका–७, सगरदिना स्थायी घर भएका गुल्सनको परिवारको बसोबास अहिले मलङ्गवा नगरपालिका–८, मा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot