Logo

महेश बस्नेतलाई काठमाडौं जिम्मा लगाएर पोखरा हानिए केपी ओली



काठमाडौं,७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली पोखरा पुगेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली आजबाट सुरु हुन लागेको केपी ओली कप टी-२० को उद्घाटनका लागि पोखरा पुगेका हुन् । जननेता मदन भण्डारीको सम्झनामा स्थापीत मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनमा हुन लागेको केपी ओली कप १५ मंसिरसम्म चल्नेछ ।

ओली उपाध्यक्ष बिष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरूङ, सचिव गोकर्ण बिष्ट, नेता भुपेन्द्र बहादुर थापासहित पोखरा लागेका छन् ।

आजनै एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंमा प्रदर्शन गर्दैछ । युवा संघको प्रदर्शनकै दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईले पनि प्रदर्शन गर्दैछन् । कुनैबेला उनै ओलीको निगाहमा एमालेको केन्द्रीय सदस्य बन्न भ्याएका प्रसाई पछिल्लो समय राजावादी आन्दोलनका नवअभियन्ताको रुपमा उदाएका छन् ।

एमालेको युवा संघ र प्रसाई आमने -सामने भईरहँदा काठमाडौंमो आन्दोलनको जिम्मा युवा संघका इन्चार्ज महेश बस्नेतलाई दिएर ओली पोखरा हानिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्