Logo

खाल्सा एडद्वारा भूकम्प प्रभावितलाई राहत वितरण



काठमाडौं, ७ मंसिर । खाल्सा एड इन्टरनेश्नलले भूकम्प प्रभावितलाई राहत वितरण गरेको छ । रुकुम पश्चिमको छेपारेमा ६१ घर परिवारलाई खाल्सा एडले दाल, चामल लगायतका खाद्यन्न सामाग्री वितरण गरेको हो ।

खाल्सा एड अन्तराष्ट्रिय गैर सरकारी संस्था हो । यसले विभिन्न देशहरुमा प्राकृतिक विपद्, र गृह युद्धको समयमा विभिन्न प्रकारका मानवीय सहायत उपलब्ध गराउँदै आएको छ ।

खाल्सा एडको उक्त अनुकरणीय कार्यमा समाजसेवी एवं नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अशोक धमला, नेपाली कांग्रेसका नेता एवं कर्णाली प्रदेश सभा सदस्य राजीवविक्रम शाहलगायतले साथ दिइरहेका छन् । उनीहरु आफैं प्रभावित क्षेत्रमा खटेर काम गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot