Logo

बझाङ केन्द्र भएर भूकम्पको धक्का महसुस



काठमाडौं,१३ मंसिर । बझाङ केन्द्र भएर भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा चैनपुर आसपास भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि मंगलबार मात्रै भक्तपुर र सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का महसुस भएको थियो । त्यसअघि गत कार्तिक १७ मा जाजरकोटमा गएको भूकम्पमा परेर १५३ जनाले ज्यान गुमाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot