Logo

राष्ट्रिय जनसंघर्ष मोर्चा नेपालद्वारा १५ बुँदे माग सार्वजनिक, पूरा नभए जनआन्दोलन गर्ने चेतावनी (भिडिओसहित)



काठमाडौं, २१ मंसिर । सोभाराज थापा नेतृत्वको राष्ट्रिय जनसंघर्ष मोर्चा नेपालले अहिले देश भ्रष्ट प्रणालीतर्फ अघि बढिरहेको भन्दै यसलाई परिवर्तन गर्न सबै प्रजातन्त्रवादी र राष्ट्रवादीहरु एक भएर आन्दोलनमा होमिनुपर्ने आवश्यकत्ता औंल्याएको छ । मोर्चाले विभिन्न १५ बुँदे मागसमेत अघि सारेको छ ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ती अघि सारिएका १५ बुँदे माग ३५ दिनभित्र पूरा नगरिए जनआन्दोलन र जनसंघर्षको बाटो अपनाउन बाध्य हुने चेतावनी समेत दिएको छ ।

मोर्चाले अघि सारेका मागहरुमा संवैधानिक राजसंस्था कायम गरिनुपर्ने, जनतान्त्रिक दलीय व्यवस्था कायम गरिनुपर्ने, वैदिक सनातन धर्मको रक्षा गर्दै धार्मिक साक्षेपता राष्ट्र कायम गरिनुपर्ने, संघीयता र प्रदेश खारेज गरी राज्य पूनःसञ्चालन गरिनुपर्ने, स्वतन्त्र परराष्ट्र नीति कायम गर्दै विभिन्न कालखण्डमा गरिएका असमान सन्धी तथा सम्झौता खारेज गरी नेपाल र नेपालीको हितमा हुनेगरि पूनः सन्धी तथा सम्झौता गर्नुपर्ने रहेका छन्।

यस्तै, अन्य मागहरुमा पूर्ण प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने, शिक्षा स्वास्थ्य पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने, एक जिल्ला एक उद्योग र एक घर रोजगारीको व्यवस्था गर्नुपर्ने, तीन खम्बे अर्थनीति लागु गर्नुपर्ने, लघुवित्त र बैंक पीडितहरुको समस्या समाधानको लागि ०७२ यताका लिलाम गरिएका घरजग्गा फिर्ता गराई उचित समाधान गर्नुपर्ने, मिटरब्याजी र टोले गुण्डा प्रयोग गरी चर्को व्याजदरमा पैसा लगाई गरिब जनतालाई गरिएको शोषण बन्द गरिनुपर्ने, राम्रो व्यवसायिक वातावरण बनाउनुपर्नै, जनयुद्ध, जनआन्दोलनमा घाईते, अंगभंग भएका युद्धमा विस्थापित भएका र अयोग्य बनाईएका पूर्व लडाकुहरु सबैको उचित व्यवस्थापन गर्नुपर्ने रहेका छन् ।

पत्रकार सम्मेलनमा केन्द्रीय सोभाराज थापा, अतिथि हेरिबोल भट्टराई, एस. के तिमिल्सिना, श्याम थापा, उषादेवी तामाङ, जेएन घिमिरे, ईश्वरीप्रसाद भट्टराईलगायतले आफ्नो धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot