Logo

गुल्सनको पनि चलेन ब्याट,१ रनमै आउट



काठमाडौं,२२ मंसिर । आजबाट यूएईमा सुरु भएको एसीसी यू -१९ एसिया कपको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध खेलिरहेको नेपालले पाँचौं विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटको रुपमा ओपनर अर्जुन कुमाललाई २१ रनमा गुमाएकोमा पाँचै विकेटको रुपमा गुल्सन झालाई गुमाएको हो । उनी ४ बलको सामना गर्दै १ रनमा नै बोल्ड आउट भए । गुल्सन, देव र अर्जुनको विकेट गुमेसँगै नेपालको ब्याटिङ धरापमा परेको छ ।

ताजा अवस्थामा खेलको १८ ओभर चलिरहँदा ५ विकेट गुमाएर ४८ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot