Logo

यू-१९ एसिया कप: ४३ ओभरमै अलआउट भयो भारत, बंगलादेशलाई १८९ रनको विजयी लक्ष्य प्रस्तुत



काठमाडौं,२९ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपको सेमिफाइनलमा भारतले बंगलादेशलाई १८९ रनको मध्ययम लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईस्थित ओभल-१ मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरेको भारतले ४२.२ अ‍ोभरमा अलआउट हुँदै १८८ रन जोड्यो । उसका लागि मुरुगन अभिषेकले ६२ तथा मुशीर खानले ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै प्रियांशु मोलियाले १९ रन थप्दा अन्य कुनैपनि खेलाडीले राम्रो रन जोड्न सकेनन् ।

बलिङतर्फ बंगलादेशका मारुफ मृधा एक्लैले ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ४१ रन खर्चिएका थिए । त्यस्तै रोहनत दोल्लाह बोर्सन र शेख पावेज जीवनले समान २ विकेट लिँदा महफुजुर रहमान रब्बीले एक विकेट लिए ।

यो खेलको विजेताले यूएई र पाकिस्तानबीचको खेलका विजेतासँग उपाधिका लागि भिड्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot