Logo

प्रिमियर लिगमा आज चार खेल हुँदै



काठमाडौं, पुस १ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज चार खेल हुँदैछन् । नेपाली समयअनुसार बेलुका पौने ८ बजे वेस्टह्याम र उल्भ्स, ब्रेन्टफोर्ड र एस्टनभिल्ला तथा आर्सनल र ब्राइटनबीच खेल हुनेछ ।

त्यस्तै, राति सवा १० बजे शीर्षस्थानको लिभरपुल र म्यानचेस्टर युनाइटेड खेल्नेछन् । अङ्क तालिकामा १६ खेलमा ३७ अङ्ककासाथ लिभरपुल शीर्ष, ३६ अङ्कका साथ आर्सनल दोस्रो, ३५ अङ्क रहेको एस्टनभिल्ला तेस्रो र १७ खेलमा ३४ अङ्क रहेको म्यानचेस्टर सिटी चौथो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot