Logo

पीएम कप टी-२० क्रिकेटः साविक विजेता सुदूरपश्चिमको पहिलो जित



काठमाडौं,६ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय टी-२० महिला क्रिकेट अनतर्गत समूह चरणको दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई हराउँदै साविक विजेता सुदूरपश्चिमले पहिलो जित हात पारेको छ ।

मूलपानी मैदानमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । लुम्बिनीले दिएको ७२ रनको सामान्य लक्ष्य सुदुरले १० ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा गर्यो । सुदूरका लागि ओपनर कविता जोशीले २४ तथा रेवति धामीले १७ रन बनाईन् । नटआउट रहँदै कविताले १२ बलको सामना गर्दा ३ चौका र १ छक्कासमेत हिर्काईन् । त्यस्तै रुवि पोडारले १४ रन थपिन् ।

यसअघि लुम्बिनस्ले टस जितेर सुरुवातमा ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७१ रनमात्र जोड्न सक्यो । उसका लागि सरस्वती पुनले १९, आस्मा पुलामीले १४ तथा सरस्वती बजगाईंले १४ रन जोडिन् । त्यस्तै कमला जीएमले ८ रन थप्दा कीर्ति अधिकारीले ५ रन थपिन् ।

बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउदेले २ तथा अनु कडायत, ईश्वरी विष्ट ररीतु कनौजियाले समान १ विकेट लिएपनि त्यो जितका लागि प्रर्याप्त भएन् ।



प्रतिक्रिया दिनुहोस्