Logo

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस



काठमाडौं, पुस १२ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पनि सन्दीप पक्षका वकिलले बहस गर्दै छन् । आइतबारदेखि सुनुवाइ भइरहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कारको मुद्दामा जाहेरीवालाको तर्फबाट बुधबार बहस सकिएको छ ।

यस मुद्दामा आइतबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधीवक्ता सीताराम अर्याल र सहायक न्यायाधीवक्ता सुरबहादुर परियारले बहस गरेका थिए ।

यस्तै जाहेरवाला गौशला २६ कै तर्फबाट अधिवक्ताहरु मोहना अन्सारी, शान्ति रिजाल, आश्मा आचार्य, अनिता थपलिया, वरिष्ठ अधिवक्ता शशि अधिकारी, नारायाण चौलागाईँ, प्रतिमा कडेल खरेल र लेखनाथ भट्टराईले बहस गरेका छन्।

जाहेरीवालाको तर्फबाट बहस सकिएसँग अब सन्दीपको तर्फबाट बहस हुनेछ । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले सुरूदेखि यो मुद्दामा बहस गर्दै आएका थिए । यस्तै, वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि सन्दीपको पक्षबाट बहस गर्नेछन् । अन्य कानून व्यवसायीमा कृष्ण सापकोटा, सविता भण्डारी, सरोज घिमिरे, मुरारी सापकोटालगायत रहेका छन् ।

बिहीबार पनि सन्दीपकै तर्फबाट बहस हुनेछ। बहस सकिए बिहीबार नै नभए शुक्रबार फैसला हुने सम्भावना छ। सन्दीयविरुद्ध गत वर्षको कार्तिकमा एक किशोरीले बलात्कारको मुद्दा दायर गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot