Logo

प्रिमियर लिग : आज ६ वटा खेल हुँदै



काठमाडौं, पुस १४ । इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तरगत आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा चेल्सी र लुटन टाउनबीच नेपाली समय अनुसार बेलुका सवा ६ बजे खेल हुनेछ ।

त्यस्तै, राति पौने ९ बजे क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड, म्यानचेस्टर सिटी र सेफिल्ड युनाइटेड, एस्टन भिल्ला र बर्नली तथा उल्भ्स र एभर्टन खेल्दैछन् । राति सवा ११ बजे नटिङ्घम फरेस्ट र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्