Logo

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान



काठमाडौं,१७ पुस । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने भएको छ । परराष्ट्र मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुकले आगामी माघ २ गतेसम्म मन्त्रालयको सामान्य प्रशासन महाशाखा सिंहदरबारमा गोप्य सिलबन्दी आवेदन दिनसक्ने जनाइएको छ ।

कार्यकारी निर्देशक पदका लागि आवेदन दिन ६५ वर्ष उमेर ननाघेको, मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्छ ।

त्यस्तै,अन्तर्राष्ट्रिय कानून,कूटनीति वा आर्थिक कूटनीतिक क्षेत्रमा कम्तीमा दश वर्ष काम गरेको,नेपालको परराष्ट्र नीति तथा मामिलामा विशेष योगदान दिएको र उच्च व्यवस्थापकीय पदमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने जनाइएको छ ।

यसरी नियुक्त हुने कार्यकारी निर्देशकले समितिको सदस्य सचिव र प्रतिष्ठानको प्रशासकीय प्रमुखको रूपमा काम गर्नेछ । निजले सोको अतिरिक्त परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति (गठन) आदेश (दोस्रो संशोधन २०८०), २०६८ र कार्य सम्पादन सम्झौता भए बमोजिमका कार्यहरू गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्