Logo

यू-१९ विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ



काठमाडौं,२० पुस । दक्षिण अफ्रिकामा हुने आईसीसी यू-१९ विश्वकप क्रिकेट खेल्ने जाने नेपाली टिमको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रमकाबीच खेलाडीको बिदाइ गरिएको हो ।

उक्त टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्‍का सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का सहितले बिदाइ गरेका हुन्।

यू–१९ विश्वकप जनावरी १९ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा हुने तालिका छ।

क्यानले बिहीबार देव खनालको कप्तानीमा नेपाली टिमको घोषणा गरिसकेको छ । नेपालको टिममा देव खनाल (कप्तान),अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभास भण्डारी, दीपक बोहरा, उत्तमरंगु थापा, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् । यू १९ एसिया कप खेलेका हेमन्त धामीलाई विश्राम दिएर क्यानले यसपटक दुर्गेश गुप्तालाई मौका दिईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्