Logo

मोदीले भने–राजसंस्था फर्काउँछु भन्नु दिवा सपना हो (भिडिओसहित)



काठमाडौं, २८ पुष । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री अमनलाल मोदीले नेपालमा राजसंस्था फर्काउँछु भन्नु दिवा सपनामात्रै भएको बताएका छन् । उनले मरेर चिहान पुगिसकेको राजसंस्था फर्काउँछु भन्नु दिवा सपनाबाहेक केही पनि नभएको टिप्पणी गरे ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा राजसंस्था फर्कने कुनै सम्भावना नरहेको जिकिर गरे । राप्रपाले एकता दिवसको अवसरमा आयोजना गरेको चियापानमा नेताहरु जानु स्वभाविक भएको मोदीको टिप्पणी छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुलाई शितलनिवासमा बोलाएर छलफल गर्नु सकारात्मक भएको उनको भनाई छ । उनले प्रदेशलाई अधिकार दिईनुपर्ने धारणा राखे । आफूले संघीय मामिलामन्त्री हुँदा प्रदेशलाई अधिकारसम्पन्न बनाउनको लागि पहल गरेको मोदीको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot