Logo

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : आज तीन खेल हुँदै



काठमाडौं, माघ १० । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदै छन् । आज भैरहवा क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच खेल हुँदै छ ।

त्यस्तै टियु मैदानमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुँदै छ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच हुँदै छ ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ४ खेलमा सबै खेल जितेर ८ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot