Logo

पहिलो पावर प्लेमा पाकिस्तानविरुद्ध नेपालको मध्यम सुरुवात, विपिन र देवले सम्हाल्दै



काठमाडौं,१० माघ । आईसीसी यू–१९ विश्वकप अन्तर्गत पाकिस्तानविरुद्ध पावर प्लेमा नेपालले मध्यम सुरुवात गरेको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनको वुफेलो पार्कमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले पावर प्ले मा २ विकेट गुमाएर ५९ रन बनाएर खेलिरहेको छ।

क्रिजमा विपिन रावल २७ र कप्तान देव खनाल ८ रनमा अविजित छन्। २८ बलको सामना गरेका विपिनले ३ चौका र १ छक्का प्रहार गरे। नेपालले पहिलो विकेटको रुपमा ओपनर अर्जुन कुमाललाई गुमाएको थियो।

पाँचौँ ओभरको दोस्रो बलमा अर्जुन १२ बलमा ६ रन बनाउँदा अहमद हुसैनको बलमा बोल्ड आउट भए। यसअघि अर्जुनले न्युजिल्यान्डविरुद्ध ९० रनको उत्कृष्ट पारी खेलेका थिए।

सातौँ ओभरको पाँचौ बलमा आकाश त्रिपाठी क्याच आउट भए। १० बलमा १ चौका हानेका आकाश मोहम्मद हुसैनकै बलमा क्याच आउट हुन पुगे। नेपालले आजको खेलमा जित निकाले सुपर सिक्स सम्भावना बलियो बनाउने छ।

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा रहेको छ । नेपाल पहिलो खेलमा न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । त्यसैगरी, पाकिस्तान भने प्रतियोतिमा दोस्रो जित निकाल्ने दाउमा छ । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानमाथि एक सय ८१ रनको फराकिलो अन्तरले जित निकालेको थियो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot