Logo

स्पेनिस ला लिगाको शीर्ष स्थानमा रियाल मड्रिड



काठमाडौं, माघ १४ । लास पाल्मासविरुद्ध २–१ को कठिन जित निकाल्दै रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति पाल्मासको मैदान स्टाडियो डे ग्रान कानारियामा सम्पन्न खेलमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै जित निकालेको हो।

खेलको ५३औँ मिनेटमा जाभी मुनोजले गोल गर्दै पाल्मासलाई अग्रता दिलाएपनि १० मिनेटपछि नै भिनिसियस जुनियर र औरेलिएन चुवामेनीले गोल गर्दै रियाललाई विजयी बनाए।



प्रतिक्रिया दिनुहोस्