Logo

एमाले उमहासचिव रिमालको टिप्पणी : हामी प्रचण्डलाई उचाल्ने खेतीमा लाग्दैनौं (भिडिओसहित)



काठमाडौं, २३ माघ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले प्रचण्ड नेतृत्वको वर्तमान सरकार निकम्मा भएको दाबी गरेको छ । सरकार निकम्मा भएको भनेर आफूहरुले मात्रै नभएर सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेसका नेताहरुले पनि भन्न थालेको उनको भनाई छ ।

हिजो (सोमबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सरकारको निकम्मापनमा प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा पनि सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेस भएको जिकिर गरे । उनले अहिलेको समस्याको समाधान दिनेगरि आफूहरु अघि बढेको पनि सुनाए ।

उनले अब एमालेले जनताका समस्या टुलुटुलु हेरेर नबस्ने टिप्पणी गरे । उनले अहिले सरकार ढाल्नेतर्फ आफूहरुको चासो नरहेको स्पष्ट पारे । बरु, आफूहरुको चासो सुशासन स्थापित गराउनु भएको उनको भनाई छ ।

उनले अब आफूहरु प्रचण्डलाई उचाल्ने खेतीमा नलाग्ने स्पष्ट पारे । रिमालले एमाले र माओवादीबीच अब सहकार्य नहुने पनि स्पष्ट पारे । माओवादी आँफैले एमालेसँगको सहकार्यको ढोका बन्द गरेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्