Logo

‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगीता : खुम्जुङ युवा क्लब र ठमिछोवा फुटबल क्लबको सुखद् सुरुवात



काठमाडौं, फागुन ३ । ‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगीताको तेस्रो दिन बुधबार भएका २ खेलमा खुम्जुङ युवा क्लब र ठमिछोवा फुटबल क्लबले सुखद् सुरुवात गरेका छन् । काठमाडौंको सानोगौचरणमा खुम्जुङ युवा क्लब र खुन्दे कम्युनिटी क्लब बिच भएको पहिलो खेलमा ३–० गोल अन्तरका साथ खुम्जुङ युवा क्लब विजयी भएको छ भने उक्त खेलको म्यान अफ द म्याच फुरा छिरिङ शेर्पाले जितेका छन् ।

त्यस्तै ठमिछोवा फुटबल क्लब र आमाडब्लम युवा क्लब बिच भएको अर्को खेलमा २–० गोल अन्तरका साथ ठमिछोवा फुटबल टिम बिजयी भएको छ । खेलको म्यान अफ द म्याच किसाङ छिरिङ शेर्पा भएका छन् । शेर्पा समुदायको चाड ल्होसार (नयाँ वर्ष) पारेर विगत १३ वर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगीता सोलुखुम्बुस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा रहेका युवाहरुबीच हुने र शेर्पा युवाहरुलाई खेलकुदप्रति लगाव बढाउनु, उनीहरुको प्रतिभा प्रदर्शन गर्नु र समुदायलाई जोड्नु यस खेलको उद्देश्य रहेको आयोजकको भनाई छ । ८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १६ खेल हुनेछन् । शेर्पा समुदायको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘खुम्बु ल्होसार कप’ को यो १४ औं संस्करण हो ।

यस प्रतियोगिताको बिजेताले खुम्बु ल्होसार कपको रनिङ सिल्ड, मेडल, प्रमाण–पत्रको साथमा नगद एक लाख रुपियाँ, उपविजेता टिमले मेडल र प्रमाण–पत्रको साथमा नगद रु पचास हजार रुपैयाँ र तेस्रो हुने टिमले नगद पुरस्कार रु पञ्चीस हजारको साथमा मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । माघ २९ गतेबाट सुरु भएको प्रतियोगिता फाल्गुण ७ गते समापन समारोहका साथ सम्पन्न हुनेछ ।



प्रतिक्रिया दिनुहोस्