Logo

२ रन थपेर सोमपाल पनि आउट, नेपालको संकट टार्ने जिम्मा भीम र गुल्सनलाई



काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियाविरुद्ध छैटौं विकेट गुमाएको छ ।

२१.४ ओभरमा जेरार्ड एरास्मसको बलमा सोमपाल कामी आउट भएका छन् । उनी २ रनमा आउट भए ।सोमपाल आउट भएपछि संकटमा परेको छ नेपालको ब्याटिङ । सोमपालपछि गुलशन झा ब्याटिङमा आएका छन् । अब उनले भीम सार्कीसँग मिलेर नेपालको पाली सम्हाल्नुपने देखिन्छ । ।

यसअघि १९.५ ओभरमा जेरार्ड एरास्मसको बलमा कुशल मल्ल आउट भएका छन् । उनी १५ रन जोडेर आउट भएका हुन् ।

त्यस्तै चौथो विकेटका रुपमा १० औँ ओभरमा कप्तान रोहित पौडेल १ रन बनाएर ज्याक ब्रासेलको बलमा आउट भएका थिए ।

यसअघि चौथो ओभरमा आसिफ शेख ४ रन बनाएर ब्रासेलकै बलमा आउट भएका थिए । तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर रुबेन ट्रम्पेलम्यानको बलमा आउट भएका थिए ।

खेलमा नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको थियो । कुशल भुर्तेल पहिलो बलमा नै रुबेन ट्रम्पेलम्यानको बलमा आउट भएका हुन् ।२२ ओभरमा ७३ रनमात्रै जोडेको नेपालले सोमपाल कामीलाई छैटौँ विकेटका रुपमा गुमाएको छ ।



प्रतिक्रिया दिनुहोस्