Logo

नेपालको ‘ए’ टिमले क्यानडासँग तीन एकदिवसीय खेल खेल्ने



काठमाडौं,४ फागुन । नेपालको ए टिमले क्यानडासँग तन खेलको एकदिवसीय श्रृंखला खेल्ने भएको छ ।

लिग २ को तयारीमा रहेको क्यानडाको टोलीले नेपालको युवा टिमसँग खेल्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल र क्यानडाबीचको खेल माथिल्लो मूलपानी मैदानमा आइतबार, मंगलबार र बिहीबार हुनेछ । यसअघि नेपालको सिनियर टिमले क्यानडासँग तीन एकदिवसीय खेल खेलेको थियो जसमा नेपालले सिरिज क्लिन स्विप गरेको थियो ।

क्यानले विभागीय टिम त्रिभुवन आर्मीका कप्तानसमेत रहेका विनोद भण्डारीको कप्तानीमा नेपाली टिम सार्वजनिक गरेको छ । नेपाली टिममा भर्खरै सकिएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरु समावेश छन् । प्रधानमन्त्री कपमा शतक हिर्काएका विनोदसँगै रासिद खान,मयान यादव, आशुतोष घिरैया, सुजन थपलिया, सन्दीप जोरालगायत टिममा परेका छन् ।

नेपालको ए टिम: विनोद भण्डारी (कप्तान) आशुतोष घिरैया, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मयन यादव, प्रतिस जिसी, रासिद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप जोरा, शेर मल्ल, सुजन थपलिया



प्रतिक्रिया दिनुहोस्

Screenshot