Logo

नवजात शिशु अस्पतालको बेडमै छाडेर आमा बेपत्ता



काठमाडौं, १३ फागुन । वीरगन्जस्थित नारायणी अस्पतालमा नवजात शिशुलाई अस्पतालमै छाडेर आमा बेपत्ता भएकी छिन् । छोरी जन्मिएको भन्दै परिवारका सदस्यले झगडा गरेपछि आफूले जन्म दिएको शिशु छाडेर ती महिला र उनका परिवारका सदस्यहरु सम्पर्कविहीन भएको बताइएको छ ।

अस्पतालका अनुसार शनिबार ती महिलाले छोरी जन्माएकी थिईन् । वीरगन्ज महानगरपालिका– ६ रानीघाट ठेगाना टिपाएकी ३० वर्षीय महिला सीता देवी साह कानुलाई उनकी सासुले अस्पताल लिएर आएकी थिईन् । अस्पतालको रेकर्डमा नवजात शिशुको बाबुको नाम धिरज साह कानु टिपाइएको थियो । आज (आइतबार) साँझसम्म पनि जवजात शिशुका आफन्तहरु सम्पर्कमा नआएको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot