Logo

नेपालकै भूमिमा निकोल लोफ्टि-इटनले तोडे कुशल मल्लको विश्व कीर्तिमान



काठमाडौं । नामिबियाका ब्याटर निकोल लोफ्टिइटनले टी-२० आईमा सर्वाधिक छिटो शतक बनाउने विश्वकीर्तिमान कायम गरेका छन् ।

लफ्टी इटनले ३३ बलमा सतक पुरा गरेका हुन्। उनले ८ छक्का र ११ चौका प्रहार गरेका छन्। नेपालका कुशल मल्लले ३४ बलमा सतक पुरा गरेर सबैभन्दा कम बलमा सतक बनाउने विश्व कीर्तिमान बनाएका थिए।

ल्लले गत सेप्टेम्बर २७ तारिखमा मंगोलियाविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए । करिब ५ महिनामै मल्लको कीर्तिमान तोडिएको हो ।

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा नामिबियाले नेपालविरुद्ध १९ ओभरमा ३ विकेट गुमाएर एक सय ९६ रन जोडेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot