Logo

२५ रन जोडेर आउट भए कप्तान रोहित



काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

कप्तान रोहित २५ रन जोडेर आउट भए । रोहित दशौं ओभरको दोस्रो बलमा क्याच आउट हुन पुगे। आउट हुनुअघि उनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। त्यतिबेला नेपालले ८२ रन जोडेको थियो। रोहित र आसिफ शेखबीच दोस्रो विकेटका लागि ५९ रनको साझेदारी भयो ।

आसिफ ३५ रनमा खेल्दैछन् । नेपालले २३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । कुशल भुर्तेलले २० रन जोडे । नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर ८२ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot