Logo

संसद्मा समेत छल्कियो ओली–नेपालबीच सम्बन्धमा हार्दिकता



काठमाडौं, ३० फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतमाथिको प्रस्तावमा २६८ जना सांसदले मतदानमा भाग लिएका थिए ।

जसमा प्रधानमन्त्री दाहालको पक्षमा १५७ जना सांसदले मतदान गरेका थिए । विपक्षमा भने ११० मत खस्यो । प्रस्तावको पक्ष र विपक्षमा मत नदिने संख्या भने एक रहेको छ ।

प्रस्तावमाथि मतदान सुरु भएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भने सम्बन्धमा हार्दिकता देखिएको छ ।

माधव नेपाल बसेको सिटमा नै पुगेर ओलीले कानेखुशी गरेका थिए । दुई नेताबीचको कानेखुशी सांसदहरु र मिडियाको नजरमा परेको थियो । पछिल्लो समय दुई नेताबीच सम्बन्ध सुधार भएको चर्चा छ । तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्